• २५ माघ २०७९, बुधबार

बाग्मती प्रेस अन्लाईनमा समाचार आएपछी नुवाकोट जिल्ला एम्बुलेन्स चालक संघका अध्यक्षले बैठक बोलाए

२०७७/०५/१६ गते बाग्मती प्रेसमा समाचार आएपछी १७ गते नुवाकोट जिल्ला एम्बुलेन्स चालक संघका अध्यक्ष रामचन्द्र तामाङको अध्यक्षतामा बसेको बैठक बसि स्वास्थ्य क्षेत्रमा यातायातको सेवा प्रदान गर्दै आएका  एम्बुलेन्सहरुले  भाडाको मान्छे बोकेको गल्ती स्वीकार गर्दै  अब यात्रु बोकेको थाहाँ पाएमा तुरुन्त कारबाही गरीने निर्णय जिल्ला एम्बुलेन्स चालक संघ गरेको छ ।
निर्णयमा भनिएको छ,चालक संघ दर्ता हुनुभन्दा अघी भएका नराम्रा गतिविधीलाइ पछी छाड्दै दर्ता भएपछीका दिन यता नराम्रा गतिविधी गर्ने एम्बुलेन्स चालकलाई कारवाहीको दायरामा ल्याइएको जनाएको छ । नुवाकोटका अधिकाम्स एम्बुलेन्समा सस्थाको अध्यक्ष एवं कार्यसमितिका पदाधिकारी आफै र चालक पनि आफै हुदाँ प्रमुख समस्या देखिएको समाचार प्रशारित गरिएको थियो । अव जिल्लामा एम्बुलेन्सले कुनै पनि नराम्रा गतिविधी नगर्ने नुवाकोट जिल्ला एम्बुलेन्स चालक संघका अध्यक्ष रामचन्द्र तामाङले बताउनुभएको छ ।

जिल्लामा रहेका सम्पुर्ण एम्बुलेन्सलाई छलफलमा बोलाई यात्रु नबोक्न पनि आग्रह गर्नुभएको बाग्मती प्रेसलाइ जानकारी दिनुभयो । उहाँले आगामी दिनमा एम्बुलेन्सबाट दिने सेवामा थप व्यवस्थित गरिने बताउनुभएको हो । कोभिड १९ का कारण जिल्लामा एम्बुलेन्स चालकलाइ गरीने ब्यवहारले चालकहरुको आत्मवलमा चोट पुगेको हुदाँ हौसला प्रदान गर्ने खालका गतिविधी नागरिकको तर्फबाट नहुनु दुखद भएको पनि अध्यक्ष तमाङले बताउनुभएको छ ।

नुवाकोट जिल्ला एम्बुलेन्स चालक संघका अध्यक्ष रामचन्द्र तामाङ




प्रतिक्रिया दिनुहोस्