बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिकाको वडा न ९ भुजिखोलामा बुधबार राति आएको बाढिका कारण ७१ घरपरिवार विस्थापित भएका छन् ।पीडितहरुलाई सहयोग गर्ने र आलो घाउमा मल्हमपट्टी लगाउने उदेश्यका साथ तरुणदल बाग्लुङका काेषाध्यक्ष रहनुभएका नेता देबेन्द्र घर्ति मगरको पहलमा नेपाली काङ्ग्रेस बाग्लुङ क्षेत्र न २ का सभापति युवा नेता द्रोण कुमार कुवर, महाधिवेशन प्रतिनिधि युवा नेता जीत शेरचन र पुर्व महासमिति सदस्य तथा युवा नेता अर्जुन शेरचन राहतका सामाग्री बोकेर बाढी पीडित क्षेत्रमा पुगेका हुन् । कांग्रेस नेताहरूले ७१ वटै परिवारलाई प्रतिपरिवार २५ केजी चामल, २ किलाे दाल, १ पाेका तेल, १ पाेका नुन, १ हजार नगद र १ हजार थान मास्क राहत स्वरूप र अभिभावक गुमाएका २ परिवारका बालकहरूलाई तीन तीन हजार रूपैयाँ नगद सहयाेग गरेकाे नेता देबेन्द्र घर्ति मगरले जानकारी दिनुभयो ।
त्यस्तै त्यहाँ त्रिपालकाे अभाव भएका कारण- ४० वटा त्रिपाल मात्रै तत्काल दिइएकाे र बाँकी त्रिपाल पनि छिट्टै उपलब्ध गराउने प्रतिववद्धता उनीहरूले जनाएका छन् । नेताहरूले यसपछाडि पनि छिट्टै नै काठमाडाैंबाट सहयाेग लगेर फेरि त्यहाँ जाने बताएका छन् । हालसम्म पहिरोमा परेर बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएका छन् ।अरिवरल वर्षासँगै बुधबार राति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।
यसअघि दिँउसाे गृहमन्त्रि बादल थापा समेत बाढीपीडितकाे लागि राहत बाेकेर जान खाेजेका थिए । यद्यपी माैसम खराब भएकाे भन्दै गृहमन्त्रिकाे टाेली त्यहाँ नपुगेरै फर्केकाे थियाे ।