• २१ माघ २०७९, शनिबार

नुवाकोट बट्टारबाट चोरी गर्ने र चोरीको सामान खरिद गर्ने प्रहरी नियन्त्रणमा

तस्बिर : जिल्ला प्रहरी कार्यलय नुवाकोट

जिल्ला प्रहरी कार्यलयका अनुसार बिदुर न.पा वडा ४ बट्टार स्थित बिभिन्न ठाँउमा चोरी भएको र समाजमा डर त्राश फैलाएको भन्दै २ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानको लागी बिशेष टोली परिचालन गरी घटनाको सुक्ष्म अनुसन्धान गर्दा १७ गते संकास्पद अबस्थामा निजहरुलाई सोधपुछ गर्दा निजहरु दुबै जना डराएको र निजहरु उक्त घटनामा संलग्न भएको हुनसक्ने देखीएकोले नियन्त्रण राखिएको थियो । अनुसन्धान गर्दा निजहरुले १४ गते रातको समयमा बिनपा ४ बालुवाटार स्थित उमेश मिजारको घरमा चोरी गरेको पित्तल र तामाको गाग्री लुकाई राखेको र ओपो मोबाईल रामकृष्ण गिरीलाई बिक्री गरेको साथै ०२ गते रातको समयमा बसपार्क स्थित मध्य पहाडी योजनाको सडक अफिसमा राखिएको ल्यापटप १ वटा र A2 कोर मोडलको मोबाईल १ थान चोरी गरी बबिन शाही र नबराज कुमाललाई बिक्रि गरेका थिए ।त्येस्तै ०८ गते रातको समयमा बट्टार बजारका निजामुद्दीन मोहमदको रेड्मि कम्पनीको रेड्मि-१० मोडलको मोबाईल चोरी गरी रामकृष्ण लामालाई बिक्री गरेको समेत प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थियो ।

प्रहरी अधिकृत सहितको बिशेष टोली परिचालन भई निजहरुले भने बमोजिमको मानिसको घरमा गई खानतलासी गर्दा निजहरुले चोरी गरी बिक्री गरेका सम्पुर्ण सामानहरु बरामद भएको थियो । निज ब्यक्तिहरु अन्य बिभिन्न घटनामा समेत संलग्न हुनसक्ने भन्दै चोरी गर्ने २ जना र सामान खरिद गर्ने ४ जना गरी ६ जनालाई अदालतमा पेश गरी “चोरी तथा अपराधिक प्रबेश तथा अपराधिक उपद्रव” सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएको थियो । घटनाको थप अनुसन्धान तथा कारबाहिको लागी निजहरुलाई हिरासत कक्षमा राख्नको लागी अदालत बाट ५ दिनको म्याद लिईएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्