महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ ।
हाल देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आशिंक बदली रहेको जनाएको छ । यसैगरी, देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।