किस्पाङ गाउपालिकालाई पर्यटन प्रबर्धन गर्ने हिसाबले ५ महिना अगाडि देखि भाल्चेमा स्थानीय युवा सुक बहादुर घलेले किस्पाङ वाइल्डलाइफ एन्ड एग्रो प्रा.लि.नामक कृषि फर्म दर्ता गरि कालिज पालन ब्यबसाय सुरु गरेक हुन। उनको यो ब्यबसाय १५ रोपनी जग्गामा फैलिएको छ भने ९ सय चल्लाहरु हुर्कदै छन। प्रती चल्ला १४०० को दरले खरिद गरि सुरु गरेको र यसलाइ आबस्यक पर्ने दाना भने बुटवल बाट ल्याउने गरेको घलेले जनकारी दिए । ५ जनाले साझेदारी लगानी गरि सुचारु गरेको ब्यबसायले पहिलो वर्ष नै लागानी उठ्ने र राम्रो प्रतिफल दिन्छ भन्ने ढुक्क छन घले । घलेका अनुसार बार्षिक ५ लाख सम्म आम्दानी लिन सकिने जानकारी दिनु भयो ।
लकडाउन हटेपछी आफै ह्याचिङ मेसिन जडान गरि आफै चल्ला उत्पादन गर्ने उनले बताए । उनले सुरु गरेको कालिज ब्यबसाय निकै नै ठुलो सम्भावना बेकेको ब्यबसाय रुपमा रहेको भन्दै स्थानीयहरुले प्रोत्साहित गर्ने गरेको पनि घलेले जानकारी दिनु भयो । नयाँ सुचारू गर्ने इच्छुक कृषकहरुलाइ सुलभ दरमा अर्को सिजन देखि चल्ला बिक्री बितरण गर्ने तथा फिल्ड निरीक्षण गरि नब आगन्तुक कृषक हरुलाइ हर प्रकारको सहयोग गर्ने कुरा उनले बताए । साथै आफ्नै देशमा नै बसि यस्ता सम्भावना भएका ब्यबसाय गरि विदेशमा गर्ने मेहनत पसिना यहि आफ्नै ठाउँमा बगाएर मनग्य आम्दानी लिन सकिन्छ भन्दै युवाहरूलाई बिदेश नगइ यतै ब्यबसाय संचालन गर्न आग्रह गर्नुभयो ।