• २५ भाद्र २०८१, मंगलवार

जुवा खेली रहेको अबस्थामा ८ जना जुवाडे पक्राउ

बिदुर न.पा.वडा नं.७ तुप्चेटारको एक घरमा ८ जना जम्मा भई जुवातास खेलिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।बिशेष सुचनाको आधारमा प्रहरी कार्यालयबाट प्रहरी अधिकृतको नेतृत्वमा गई खान तलासी गर्दा घरको कोठामा ८ जनाको समुहमा जुवा तास खेली खेलाई रहेको अबस्थामा नियन्त्रणमा लिइएको थियो । सो खालबाट नगद रु.२८,०००।- , ४-बुक तास र कम्बल थान-१ सम्म बरामद गरिएको जनाएको छ। साथै निजहरुलाई जिल्ला प्रशासन कार्यालय उपस्थीत गराई “जुवा सम्बन्धी कसुर” शिर्षकमा मुद्धा दर्ता गरि निजहरु आफन्तको जिम्मामा थप अनुसन्धान गर्ने गरी छाडिएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

जुवा खेल्ने वा खेलाउनेलाई हुने सजाय/कानुन ब्यबस्था यसप्रकार छन् ;

मुलुकी फौजदारी कार्यविधी सहिता २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टाबाजि गर्नु नहुने:-कसैले जुवा खेल्नु वा खेलाउनु हुदैन यदि खेले वा खेलाए सोहि दफाको उपदफा २ (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाइ तिन महिना सम्म कैद वा तिस हजार रुपैया सम्म जरिवाना,र (ख) मा दोस्रो पटक देखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्ष सम्म कैद र पचास हजार रुपैया सम्म जरीवाना र त्यसपछीको कसुरमा पटकै पिच्छे थप तिन महिनासम्म कैद र दश हजार रुपैया सम्म जरिवाना गर्ने ब्यबस्था रहेको छ भने सोहि दफाको उपदफा (३) मा जुवा खेल्न प्रयोग भएका साधन र जुवाबाट प्राप्त सम्पुर्ण चल अचल सम्पती जफत हुने ब्यबस्था रहेको छ ।





प्रतिक्रिया दिनुहोस्