• २९ माघ २०८१, मंगलवार

कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानिय तहको समस्यालाई केन्द्र सरकारले बेवास्ता गरेको नेपाल गाँउपालिका महासंघका केन्द्रिय सदस्य एवं तादी गाँउपालिकाका अदक्ष्य नारायणप्रसाद पाण्डेको भनाइ

तस्बिर:नेपाल गाँउपालिका महासंघका केन्द्रिय सदस्य एवं तादी गाँउपालिकाका अदक्ष्य नारायणप्रसाद पाण्डे

कोरोना रोकथाम र नियन्त्रणका लागि नीतिहरू बनाउँदा स्थानिय तहको समस्यालाई केन्द्र सरकारले बेवास्ता गरेको आबाज उठ्न थालेको छ । कोरोनाको रोकथाम र नियन्त्रणका लागि गठित उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समन्वय समिति वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानिय तहमा देखिएको समस्या समाधानमा ध्यान नदिएको नेपाल गाँउपालिका महासंघका केन्द्रिय सदस्य एवं तादी गाँउपालिकाका अदक्ष्य नारायणप्रसाद पाण्डेले बताउनु भयो ।
यतिबेला कोरोना कहरबाट सबैभन्दा बढी प्रभावित स्थानिय तहहरु परेका छन् । माथिको निति तथा निर्देशनमा स्थानिय तहले भएका श्रोत तथा साधनहरु कोरोना नियन्त्रण तथा रोकथाममा लगाएका छन् । स्थानिय तहले ठुलो बिकास बजेट कटौति गर्दै कोरोना रोकथामको लागी खर्चिएका छन् । नुवाकोटका सबै स्थानिय तहले अहिले १० बेडको आईसोलेसन निर्माण गरि रहेका छन् ।

कोरोना नियन्त्रणका लागी केन्द्र र प्रदेशबाट हुनुपर्ने समन्वयमा ठूलो ‘ग्याप’ रहेको, ‘कोरोनाको बढ्दो संक्रमणका कारण संघ सरकारको विशेष ध्यान, विशेष प्याकेज ल्याउनुको साटो स्थानिय तहले काम गरेनन् भनेर दोष दिनु निराधार रहेको उहाँले बताउनु भयो ।यता संघ सरकार मातहत रहेका जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरूले पनि समन्वय नगरिदिँदा सरकारले लिएका कतिपय निर्णयहरू कार्यान्वयनमा चुनौती देखिने गरेको छ ।




प्रतिक्रिया दिनुहोस्