• १८ माघ २०७९, बुधबार

किस्पाङ गाउँपालिकामा अनलाईन Zoom Cloud को माध्यमबाट वक्तृत्वकला सम्पन्न

तस्बिर: अन्लाईन Zoom Cloud बाट आफ्नो प्रस्तुती दिदै
किस्पाङ गाउँपालिका शिक्षा शाखा र रुडेक नेपालकाे समन्वयमा  पालिकास्तरीय वक्तृत्वकला सम्पन्न गरेको छ । "विद्यार्थी केन्द्रित शिक्षाः आजको आवश्यकता" विषयमा  अनलाईन Zoom Cloud को माध्यमबाट सम्पन्न भएकाे छ।  प्रतियोगितामा ५ वटा विद्यालय बाट  १८ बर्ष उमेर ननाघेका कक्षा ९ देखि १२ कक्षा सम्म अध्यायन गर्ने ७ जना  विद्यार्थीहरु सहभागी भएका थिए । 

प्रतियाेगितामा श्री ज्ञानज्योति मा.वि का छात्र जयराम फुयाल प्रथम, सोही मा.बि का छात्र सबिन कृष्ण फुयाल द्धितीय, र श्री ऐसेलुभूमे मा.वि का छात्रा बिपना न्यौपानेले तृतीय स्थान हासिल गरेका छन । प्रथम हुनेलाई रु तीन हजार ,द्धितीय हुनेलाइ रु दुई हजार पाँच सय ,तृतीय हुनेलाइ रु दुई हजार र अन्य बाकी चार प्रतिस्पर्धीहरुलाइ रु पाँच सय बराबरको स्टेशनरी समान द्धारा पुरस्कृत शिक्षा शाखा अधिकृत चन्द्र साउदले जानकारी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्