• १० बैशाख २०८२, बुधबार

प्लाज्माथेरापि उपचारको लागी नुवाकोटबाट ३ पाउन्ड रगत काठमाण्डौ पठाइयो

कोरोना संक्रमित ब्यक्तिको प्लाज्माथेरापि उपचारको लागी नुवाकोटबाट ३ पाउन्ड रगत काठमाण्डौ पठाईएको छ ।नुवाकोटमा कोरोना संक्रमित निको भएका ब्यक्तिको रगत संकलन गरि प्लाज्मा बिधि मार्फत संक्रमितको उपचार गर्नको लागी रगत काठमाण्डौ पठाईएको हो । कोरोना संक्रमण भई निको भएका ब्यक्तिको रगतमा भाइरससँग लड्ने एन्टीबडीको विकास भइसकेको हुन्छ । यसरी एन्टीबडी विकास हुँदा संक्रमण जितेको व्यक्तिको रगतमा त्यो प्रतिरोधात्मक क्षमता हुने मानिन्छ । त्यसै बिधिबाट उपचार गर्नको लागी काठमान्डौ रगत पठाएको रक्त सञ्चार केन्द्र नुवाकोटले जनाएको छ ।
संक्रमण निको भएका ब्यक्तिको रगतमा बिकास भएको यही एन्टीबडीको सहयोगमा कोभिड १९ का बिरामीलाई रगत दिँदा उसको शरीरमा भएको भाइरसलाई लडेर खत्तम गर्न सकिने विश्वास रहेको छ ।
यस बिधिबाट नेपालमा पनी ३ जनामा संक्रमण निको भैसकेको छ । संक्रामक रोगहरुमा वर्षौअघिदेखि यो धारणा विकास गरिएको छ र यसरी प्लाज्मा दिएर संक्रमितलाई रोगबाट लड्न सहयोग गर्ने गरिएको छ । नुवाकोटमा कोरोना संक्रमित भई निको भएका ब्यत्ति हरुको संख्या ७२ रहेको छ । जिल्ला अस्पताल त्रिशुलीमा नियमित रगत दान गर्दै आएका ब्यक्तिहरुले प्लाज्मा थेरापिको लागी ३ जनाले् रगत उपलब्ध गराएको हो । यसअघि सार्स, मार्स तथा एचवान एन वान जस्ता महामारीका लागि पनि प्लाज्मा थेरापी प्रयोग गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्