• १८ माघ २०७९, बुधबार

सबै क्रसर अब भन्द हुन्छन् :प्रजिय झंकनाथ ढकाल

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अबैध रूपमा सञ्चालनमा रहेका जिल्लाका सबै क्रसर बन्द हुने बताएका छन । प्रमुख जिल्ला अधिकारी ढकालले क्रसरको उजुरी पनि आएको र त्यसमा अनुसन्धान भैरहेको जानकारी दिँदै अबैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर बन्द हुने जानकारी दिए ।

ढकालले भने ‘हो हाम्रोमा अबैध रूपमा वर्ड स्टोन भन्ने क्रसर चलिरहेको भनेर लिखित रूपमै उजुरी आएको छ । उक्त उजुरीमा सर्वोच्चको आदेशविपरित त्यो सञ्चालन भएको भनिएको छ । त्यससँग सम्बन्धित अदालतको आदेश समेत अध्ययन गरेर  अबैध रूपमा सञ्चालनमा रहेका अरू क्रसर उद्योग छन भने ती पनि कारबाहीको दायरामा आउँछन ।
बेलकोटगढी र विदुर नगरपालिका एवं लिखु र पञ्चकन्या गाउँपालिकामा जनप्रतनिधिहरूकै सेटिङमा प्राकृितिक स्रोत र साधनको दोहन भैरहेको छ । सर्वोच्च अदालतले नुवाकोटको तादी र त्रिशुली, लिखु, कोल्पु खोला र नदी किनारमा सञ्चालित सबै क्रसर उद्योग अर्को आदेश नहुँदासम्म बन्द गर्न निर्देशन दिएको थियो । तर जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा केही क्रसरहरू सञ्चालन भैरहेका छन ।

पछिल्लो समय विदुर नगरपालिकाको वडा नम्बर ५ का स्थानीयले सर्वोच्चको आदेशविपरित चलिरहेको वर्ड स्टोन क्रसर बन्द गराउन प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएका थिए । उनीहरूले सर्वोच्च आदेश विपरित नदीजन्य पदार्थको उत्खनन् भैरहेको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष कारबाहीका लागि निवेदन दिएका हुन ।सर्वोत्त अदालतको आदेश विपरित क्रसर सञ्चालन भएको भन्दै राजकुमार राईसहित ८८ जनाले कारबाहीको माग गरेका छन । सर्वोच्च अदालतको आदेश विपरित बर्ड स्टोन सञ्चालनका लागि नेकपाका नेता समेत रहेका विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले भूमिका खेलेको स्थानीयले बताएका छन । सर्वोच्च आदेश लत्याउदै मेयर पण्डितले क्रसर सञ्चालनका लागि सहजिकरण गरिदिएको क्रसरका सञ्चालकहरूले बताएका छन ।

क्रसरको सञ्चालकमा भूकम्प पीडितको जस्ता बेच्न खोजेको आरोप लागेका कांग्रेस नेता रमेश महत, नेकपाका नेता समेत रहेका सञ्जिव श्रेष्ठ, नेकपाकै अर्का नेता राजाराम अधिकारी लगायत रहेका छन । सर्वोच्चको आदेश विपरित क्रसर सञ्चालनका लागि सञ्जिव श्रेष्ठले मेयर पण्डितसँग सेटिङ मिलाएको अन्य सञ्चालकहरू बताउँछन ।

उजुरीकर्ताहरूले नगरपालिकाले सर्वोच्चको आदेशविपरित कहिले भुकम्पपिडित त कहिले सडक आयोजनाको नाममा खोला दोहन गरेको बताएका छन । घरेलु तथा साना उद्योग विकास समितिका नुवाकोटका अनुसार २०७३ असार मसान्तपछि नुवाकोटका कुनैपनि क्रसर उद्योग नविकरण भएका छैनन् ।





प्रतिक्रिया दिनुहोस्