• ८ बैशाख २०८१, शनिबार

१७ औं निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल नोटिस बोर्ड जडान

स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन भन्ने मूल नाराका साथ मनाउन लागिएको १७ औं निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल नोटिस बोर्ड जडान गरिएको छ । दिवसको अवसरमा राखिएको डिजिटल बोर्डमा मिति, समय, तापक्रम, जिल्लामा सरकारी निकायबाट हुने प्रमुख कार्यक्रमहरू, लगायत प्रशासनसँग सम्बन्धित महत्वपुर्ण बिषयहरुलाई समाबेस गरेको छ ।

जिल्ला भित्र कुनै स्थानमा विपदका घटना भएमा, भ्रष्टचार लगायतका अन्य कुनै विषयमा गुनासो भएमा जानकारी दिने सम्पर्क नम्बर, सूचना अधिकारीको नाम र सम्पर्क नम्बर, राहदानी तयार भई आएको विवरण लगायतका बिषयहरु बोर्डमा उल्लेख भएका छन् ।
यस प्रकारको सूचना वोर्डबाट सेवाग्राही जनसमुदाय र अन्य सम्बद्व सबै लाभान्वित हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनु भयो । कार्यालयको नागरिक बडापत्रलाई समेत डिजिटल बनाउने प्रजिअ ढकालले बताउनु भयो । प्रविधि तथा जनमैत्री प्रशासनतर्फ यात्राको क्रममा डिजीटल हाजिरी, डिजिटल नागरिक बडापत्र, सिसि क्यामरा अनि सेवाग्राही जनसमुदायका लागि निःशुल्क फोटोकपी सेवा पश्चात् डिजीटल नोटिस बोर्ड र निजी क्षेत्रका उत्तम अभ्यास सार्वजनिक क्षेत्रमा अवलम्वन गर्ने प्रयास गरिएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्