• ९ माघ २०८१, बुधबार

जनयुद्धले एउटा अनुभव दियो भने कोरोनाले अर्को अनुभव सिकायो : उपसभामुख राधिका तमाङ

तस्बिर: बागमती प्रदेशकी उपसभामुख राधिका तमाङ

माओवादी जनयुद्धले बोनस दिएको जीवनमा कोरानाले धम्काउन खोज्यो तर अन्ततः पराजित गर्नुभयो कोरोनालाई । बागमती प्रदेशकी उपसभामुख राधिका तमाङ आफ्नो निर्वाचन क्षेत्रमा आउने जानेक्रम बाक्लो हुनेगर्थो । कोरोनाको त्रास छ भनेर आफ्नो जनतालाई भेट्न नआउने कुरा पनि त भएन , तर आफू गएको एक वडाका अध्यक्षमा कोरोना संक्रमण भएको र कन्ट्याक ट्रेसिंगमा परेको कुरा चिकित्सकहरुले भनेपछि उहाँको सबै परिवारले पिसिआर परिक्षण हेटौंडामा गराउनुभयो र संयोग बस उहाँ र छोरामा मात्रै साउन ३२ गते कोरोना पुष्टी भयो ।

त्यसपछि उहाँ र छोरा आइसोलेनमा बस्नुभयो । आफ्नो जनता,शुभचिन्तक आफन्त सहितको ब्यक्तिहरुको हौसालाले उहाँलाई सहज बनाइदियो कोरोना पराजित गर्न । कोरोना पराजित गर्नका लागि प्रत्येक दिन एउटा नियम बनाउनुभयो र करिब दुई हप्ताको अवधिमा पराजित गर्दै घर फर्किनु भयो आमा छोरा नै ।जनयुद्धले एउटा अनुभव दिएको थियो, कोरोनाले अर्को अनुभव सिकायो । संक्रमण हुनु स्वभाविक भएपनि हेंला गर्ने स्वभाव गलत भएको उहाँको बुझाइ छ ।आफ्नो शरिर अनुसार आर्यूवेदिक कुरामा जोड दिन समेत संक्रमतिहरुलाई सुझाव दिनुभयो । गर्मी शरिर भएकाहरुले बेसारपानी कम सेवन गर्नुपर्ने,ग्याष्टिक भएकाहरुले कागतीपानीको सेवनमा ध्यान दिनुपर्नेमा उहाँको सुझाव छ । जनयुद्धमा बोनस पाएको जीवन कोरोनाबाट उपहार पाउदा उनीमा हर्ष छाएको छ र उहाँले संक्रमितहरुलाई सामान्य नागरिकहरुकै जस्तो ब्यवहार गर्न अनुरोध गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्