• २ बैशाख २०८१, आईतवार

करेन्ट लागेर रसुवामा १ को मृत्यु

स्काभेटरलाई विद्युत् तारले छुँदा करेन्ट लागेर एक चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे पौवा निवासी २५ वर्षीय दिनेश श्रेष्ठ छन् । घटनालगत्तै उपचारका लागि उनलाई रसुवा अस्पताल पुर्याइए पनि निधन भइसकेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले जानकारी दिनुभयो ।

सोमबार बिहान ट्रकमाथि राखेर स्काभेटर स्याफ्रुबेँसीतर्फ लाँदै गर्दा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ खोपाङ भीरमा सो दुर्घटना भएको रसुवा जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । राजमार्ग छेउमा रहेको धुञ्चे –स्याफ्रु ११ केभी विद्युत् प्रसारण लाइनमा मेशिनले कसरी छुन गयो भन्ने सम्बन्धमा प्रहरी अनुसन्धान शुरू गरिएको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्