नुवाकोटमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा नुवाकोटमा संक्रमित रहेको सार्बजानिक गरेसँगै स्वास्थ्य कार्यालय नुवाकोटले ट्रेसिङ गर्ने गरेको छ । तर नुवाकोट र काडमाण्डौ सिमित समयको दुरीमा पुग्न सकिने भएका कारण अधिकांश नागरिकहरु अहिले पनी काडमाण्डौमा रहेका छन् । दैनिक कामकाज र पेशाका कारण नागरिकहरु काडमाण्डौमा नियमित ओहोर दोहोर गरि रहेका छन् । उनिहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै नुवाकोटको ठुलो जनसंख्यामा संक्रमण फैलिएको अनुमान गर्न थालिएको छ । सहज आबतजाबत र पैदल मार्फतनै काडमाण्डौ पुग्ने पदमार्गका कारण संक्रमणको जोखिम नुवाकोटमा उच्च रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्म खनालले बताउनु भयो ।
अझै पनी नुवाकोटको बिभिन्न स्थानमा रहेका नागरिकहरुको स्वाब परिक्षणका लागी काडमाण्डौ पठाईको छ । उनिहरुको नतीजा नआईसकेको कार्यालयले जनाएको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागी नुवाकोटमा आबश्यक तयारी समेत तिब्र बनाएको छ। सबै स्थानिय तहमा आईसोलेसनको ब्यबस्था, त्रिशुली अस्पतालमा भेन्टिलेटर सहितको आईशियु कक्षको निर्माण भैरहेको छ ।