• ३ बैशाख २०८३, बिहीबार

सिसिपु पहिरोको जोखिममा परेका १०७ घर परिवारलाई सुरक्षीत स्थानमा सारियो

दुप्चेश्वर गाउँपालिका वडा नं. १ को घ्याङ्फेदी स्थित सिसिपुमा अविरल वर्षाका कारण पहिरो जान थालेको छ । चार दिनदेखि पर्न थालेको वर्षाको कारणले गर्दा ठाउँ ठाउँमा पहिरो जान थालेको छ । पहिरोका कारण ३० घर उच्च जोखिममा परेको छ । भने १ सय ७ घर जोखिममा रहेका छन् । सबैलाई अहिले सुरक्षित स्थानमा राख्ने काम भैरहेको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योबिन्द्रसिङ तामाङले बताउनु भयो ।
सिसिपुको माथिल्लो भागको पहाडबाट पहिरो जान थालेको स्थानीयहरुले बताएपछि गाउँपालिका अध्यक्ष पहिरो गएको स्थलमा पुग्नु भएको छ । अहिले पनि भयङ्कर वर्षा भइरहेको र पैदल हिड्न समेत समस्या भएको उहाँले जानकारी दिनु भएको छ । पहिरोको जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा राख्ने काम भैरहेको अध्यक्ष तामाङले बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्