• २२ मंसिर २०८१, शनिबार

नुवाकोटमा निषेधाज्ञा पुर्ण रुपले हट्यो ,अन्तर जिल्ला सवारीसाधन चलाउन अनिवार्य रुपमा सवारी पास चाहिने

नुवाकोटमा मंगलबार आजबाट पुर्ण रुपमा निषेधाज्ञा हट्ने भएको छ । अघिल्लो साता बसेको जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकले शिबपुरी गाँउपालिका बाहेक अरु स्थानिय तहमा निषेधाज्ञा हटेको जनाएको थियो । मंगलबार राति १२ बजे सम्मको लागी शबिपुरी गाँउपालिकामा मात्रै निषेधाज्ञा लगाएको थियो । मंगलबारबाट नुवाकोटको सबै स्थानिय तहमा निषेधाज्ञा पुर्ण रुपमा हट्ने जिल्ला संकट ब्यबस्थापन केन्द्रले जनाएको छ । निषेधाज्ञा हटे पनी जिल्ला भित्र आन्तरिक रुपमा निजि सबारी साधन मात्रै सञ्चालन गर्न पाउने छन् भने जिल्ला भित्रीने र बाहिरिने नाकामा भने कडाइ साथै निषेधाज्ञा नै रहने जनाएको छ ।
अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटबाट बाहिरिन र जिल्ला भित्रिनको लागी अनिबार्य पासको ब्यबस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवानकोटको अनुमती बिना जिल्ला भित्र कोहि पनी आउन नपाउने बताईएको छ । यस्तै, नुवाकोट आउने सबैको पिसिआर परिक्षण नतिजा आएपछी मात्रै आफ्नो गन्तब्यमा जान पाउने छन् । जिल्लामा निषेधाज्ञा सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन । त्यसैले काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था निरन्तर रहेको छ ।
सरकारले असोज १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ । तर अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं जान पाउँछन् । त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति आबाश्यक पर्ने छ । जिल्ला प्रबेस गर्ने सबै नाकामा भने अहिलेकै अबस्था निरन्तर हुने छ ।





प्रतिक्रिया दिनुहोस्