• २९ बैशाख २०८२, सोमबार

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले किस्पाङ गाउँपालिकालाइ सार्वजनिक सौचालय साथै बाल्टी र साबुन बितरण

तस्बिर: किस्पाङ गाउँपालिका अध्यक्ष छत्र लामाले बाल्टी र साबुन बितरण गर्नुहुदै

अमेरिकन रेडक्रस सोसाइटीले भुकम्पको पुनःनिर्माण अवधिमा निर्माण गरेको सार्बजनिक सौचालय गाउँपालिकालाइ हस्तान्तरण गरेको छ । किस्पाङ गाउँपालिका व.डा ३ मा चौध लाख रुपैयाँ लागतमा निर्माण गरेको सौचालय हस्तान्तरण गरेको हो । साथै नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले PREPARE परीयोजना अन्तर्गत बाल्टी र साबुन पनि बितरण सुरु गरेको छ ।

किस्पाङ गाउँपालिका अन्तर्गत वडा नम्बर १ र ३ भाल्चे र काहुलेका सम्पुर्ण घरधुरीहरुलाई घरायसी सरसफाइ स्वच्छता प्रबर्द्धनको लाघि सहयोग पुग्ने भन्दै हातधुने सहजताका लागि प्रती घरधुरी २० लिटरको बाल्टी १ थान र ६ पिस साबुन बितरण गरेको हो । कोभिड १९(कोरोना भाइरस) को सावधानीका लागि अपनाउने उपाय बिषयमा छलफल गराउदै सुरक्षाका मापदण्ड अपनाएर आज करीब ४० घरधुरीबाट सुरु भएको उक्त कार्यक्रममा किस्पाङ गाउँपालिका अध्यक्ष छत्र लामा, वडा ३ का वडा अध्यक्ष अमृत बहादुर तामाङ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपकोषाध्यक्ष उद्दव शर्मा रिजाल,काहुले उपशाखा सभापति क्षेत्र बहादुर तामाङ लगायत उपस्थिति रह्यो ।

भोलीबाट सामाजिक परीचालक र परियोजनाका स्वयसेबकहरू घरघरमा गई बाकी घरधुरीहरुलाइ खानेपानि सरसफाई तथा स्वच्छताको जानकारी गराई बितरण गरिने नेपाल रेडक्रस सोसाइटी काउले उपशाखाका सदस्य आर एन न्यौपानेले जानकारी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्