• २ फाल्गुन २०८१, शुक्रबार

नुवामकोटमा २ जना कोरोना संक्रमित थपिए

आज पनि नुवाकोटमा १ महिला र १ पुरुषमा जम्मा २ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । एक जना बिदुर नगरपालिकाका २४ बर्षिय महिला रहेका छन् भने अर्का ब्यक्तिको ट्रेसिङको काम भैरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । संक्रमितहरु काठमाडौमै रहेको स्वास्थ्य कार्यालयको प्रेस नोटमा उल्लेख भएको छ । यो सँगै नुवाकोटमा २६ जना महिला र ८१ जना पुरुष गरि १ सय ७ जना कोरोना संक्रमित पुगेका छन् । यससँगै आज नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो ।

कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । २४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । हालसम्म ७ लाख ९९ हजार ३४१ परीक्षण भएका प्रवक्ता गौतमले बताउनु भयो । देशभर आइसोलेसनम १५ हजार २५ र क्वारेन्टाइनमा ५ हजार ४ सय ८० जना रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्