वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले कोरोना भाइरस सङ्क्रमण तथा रोकथामका लागि प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रलाई रु १८ करोड २६ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
सम्बन्धित संस्थाबाट माग भएपश्चात अनुगमन गरी आवश्यकताका आधारमा रकम उपलब्ध गराइने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले अनुगमन गरी दिन सिफारिस गरेका स्थानीय तह, अस्पताल तथा स्वास्थ्य संस्थालाई मात्रै रकम उपलब्ध गराउन लागिएको हो ।
समितिले प्रदेश सरकारले स्थापना गरेको कोषबाट प्रदान गर्ने सुचिको पहिलो चरणमा त्रिशुली अस्पतालले ३० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।
यस्तै प्रदेश अन्तर्गत रहेका सबै अस्पतालहरुको लागी स्वास्थ्य सामग्री खरिद गर्न स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई सात करोड ६५ लाख, रुपैयाँ दिने भएको छ । नुवाकोटकै जिल्ला आयुर्बेद केन्द्रलाई पनी ३ लाख रुपैयाँ दिने निर्णय भएको छ । रसुवाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई एक लाख रुपैयाँ दिने निर्णय भएको प्रंदेश सरकारले जनाएको छ ।