• २५ माघ २०७९, बुधबार

विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन आफ्नै खर्चमा क्वरेण्टीनमा बस्नुपर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको छ । त्यस्ता व्यक्तिले १४ दिन क्वरेण्टीनमा बस्दा आफैले सम्पूर्ण खर्च बेहाेर्नुपर्ने मन्त्रालयले जनाएकाे छ । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । 

१४ दिन क्वरेण्टीनमा बस्दा कुनै लक्षण नदेखिएमा भने पीसीआर परीक्षण गर्नुपर्ने छैन । यस्तै ७२ घण्टाअघिको पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र नेपाल आउन अनुमति दिइने मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्