• १० बैशाख २०८२, बुधबार

१५ दिनभित्र एसिड प्रहार गर्ने विरुद्धको कानुनि मस्यौदा तयार गर्न प्रधानमन्त्री ओलीको निर्देशन

सरकारले एसिड प्रहार गर्नेलाई कारबाही गर्न विशेष कानुन ल्याउने भएको छ । एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी पीडितलाई क्षतिपूर्ति भराउने कानुन बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको हो ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एसिड आक्रमणमा परेका १२ जनासँगको छलफलमा प्रधानमन्त्री ओलीले मानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताउनुभएको हो ।

यसका लागि १५ दिनभित्र कानुनको मस्यौदा तयार गर्न प्रधानमन्त्री ओलीले कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलगायत सरोकार निकायलाई निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।यस्तै एसिड पीडितको सबै उपचार, शिक्षा र जीविकोपार्जनको जिम्मेवारी सरकारले लिने पनि उहाँले बताउनुभयो । 





प्रतिक्रिया दिनुहोस्