• ७ बैशाख २०८१, शुक्रबार

जिल्ला प्रशासन कार्यालयमा मोवाइल चार्जिङ स्टेशन स्थापना

नागरिकले तत्लो तहबाटै परिवर्तनको अनुभुति गर्नुपर्छ र सेवाग्राहीलाई कुनैपनि प्रकारको झण्झटमा पार्नुहुन्न भन्ने मनसायका साथ जिल्ला प्रशासन कार्यालयमा सुरु गरिएको सुधारका कामहरुले प्रशंसा पाउन थालेको छ ।

यस्तै सुधारका कामहरु गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरुका लागि मोवाइल चार्जिङ स्टेशन पनि राखेको छ । नेपाल टेलिकमको सहायतामा मोबाइल चार्जिङ स्टेशन राखेको हो । प्राय सबै सेवाग्राहीहरुले दैनिक रुपमा आबस्यक पर्ने कागजपत्रहरु सबै मोबाइलमा नै राख्ने हुँदा प्रशासनमा कुनै कामको सिलसिलामा आउँदा आबस्यक कागजपत्र निकाल्न नसकिएर काम बिहिन भएर फर्किनु पर्ने झन्झट बाट मुक्त हुने प्रशासन कार्यालय जनाएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा सुरु भएको प्रशासन सुधारसहितका कोरोना संक्रमण रोकथाम र नियन्त्रण अनि बिपद पूर्वतयारी र न्यूनिकरणका कामहरुले बास्तवमै परिवर्तन ल्याउने खालका छन ।अहिले जिल्ला प्रशासन कार्यालयलाई बिचौलिया निषेधित क्षेत्र बनाईएको छ । आवश्यक कागजातहरुको प्रतिलिपी निःशुल्क उपलब्ध हुने ब्यवस्था गरिएको छ । साथै कार्यालयबाट प्रदान हुने सेवा र जिल्ला भरका प्रशासनिक गतिबिधि समेटेर बिद्युतिय सूचनापाटी जडान गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले कार्यालय भित्र स्तनपान कक्ष स्थापना गरेर सुत्केरीहरुले सेवा लिन आउँदा उनीहरुले आफ्ना सन्ततीको स्याहारमा उपलब्ध गराउनुपर्ने समयका लागि ब्यवस्थित स्थान समेत उपलब्ध गराएको छ ।





प्रतिक्रिया दिनुहोस्