• १८ माघ २०७९, बुधबार

सिन्धुपाल्चोकमा फेरि अर्को विपत्ति ;पहिरोले ९ जनाकाे ज्यान गयो

बाह्रबिसे नगरपालिका ७ को घुम्थाङमा रहेको नागपूजे र भीरखर्कमा गएकाे पहिरो गएको छ ।पहिरोले १२ वटा घर बगाएको छ । वडा नम्बर ७ मा पर्ने घुन्थाङको भीरखर्कमा तीन वटा र नागपूजेमा नौ वटा घर पहिरोले पुरेको हो । पहिरो  पुरिएकामध्ये अहिलेसम्म नौ जनाको शव भेटिएकाे छ भने अझै २२ जना बेपत्ता छन् ।

बाह्रबिसे गाउँपालिका ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पहिरोमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म नौ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये आठ जनाको परिचय खुलेको उहाँले बताउनुभयो । 

पहिचान हुनेहरुमा भक्तिमाया श्रेष्ठ, ल्याकसिंह तामाङ, धनलाल श्रेष्ठ, शुकलाल विक, जुनु विक, सन्देश विक, सर्किनी श्रेष्ठ र हिरामाया श्रेष्ठ रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । भीरखर्कबाट खसेको पहिरोका कारण दुई गाउँमा क्षति पुगेको थियो । जिल्लाभरिकै सुरक्षित मानिएको ठाउँमा पहिरो गएको हो । त्यो ठाउँमा भीरकोटबाट करिब १ किलोमिटर  लामो पहिरो गइ भोटेकोशी नदीसम्म पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्