• १६ फाल्गुन २०८०, बुधबार

नुवाकोटमा आज मात्रै ७ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा थप ९ जना संक्रमित थपिएको जनाएको हो । तर स्वास्थ्य कार्यालय नुवाकोटले भने ७ जनामा मात्रै संक्रमण भएको जनाएको छ । यससँगै नुवाकोटमा संक्रमितको संख्या १ सय १६ पुगेको छ । आज संक्रमण पुष्टि भएकाहरुमा ८ जना पुरुष रहेका छन् भने एक जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदुर नगरपालिकाको वडा नम्बर १३ का २ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै त्यस क्षेत्रमा निशेषज्ञा जारी गरिएको छ ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमित भएका मध्ये ८५ जनामा संक्रमण निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार १ सय १६ जना संक्रमित मध्ये ८५ जनामा संक्रमण निको भएको जनाएको छ । संक्रमण निको हुनेमा १९ जना महिला र ६६ जना पुरुष रहेका छन् । ४ हजार ४० जनाको स्वाब परिक्षण गर्दा १ सय १६ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

सुरुवाती चरणमा कोरोना संक्रमित मुलुकबाट आएका नागरिकहरुमा मात्रै संक्रमण पुष्टि भएको थियो । संक्रमणले भयाबह रुप लिएसँगै नुवाकोटमा सुरक्षा सतर्कतालाई मजबुत बनाउन थालेको जिल्ला संकट ब्यबस्थापन केन्द्रले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्