नुवाकोटको पंचकन्या गाउँपालिकामा जीविकोपार्जन उत्थान कार्यक्रम सुरु हुने भएको छ । बिभिन्न कारणले रोजगारी गुमाएका वा रोजगारीको अवसर नपाएकाहरुको समस्यालार्ई स्थानीयस्तरमै रोजगारी सिर्जना गरि आर्थिक क्रियाकलापमा तिब्रता दिन जीविकोपार्जन उत्थान कार्यक्रम सुरु गर्ने भएको छ ।
संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम (युएनडिपी )को सहयोग र स्थानीय साझेदार संस्था रुडेक नेपालको संयोजनमा छोटो अवधिको रोजगारी मार्फत उत्पादनमूलक जीविकोपार्जनका आयोजनाहरू सम्पन्न गर्न कार्यक्रम संचालन गर्न लागिएको हो । कार्यक्रम संबन्धि सम्झौता पत्रमा गाउँपालिकाका तर्फवाट गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ तथा स्थानीय साझेदार संस्था रूडेक नेपालका तर्फवाट संस्थाका अध्यक्ष मिनकुमार केसी ले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापत्रमा उल्लेख भए अनुसार कार्यक्रमका लागि यूएनडीपी र स्थानीय साझेदारको ६० लाख र पञ्चकन्या गाउँपालिकाको ६० लाख रुपैयाँ लगानि हुने छ । जिबिकोपार्जन उत्थान कार्यक्रम अन्तर्गत गाँउपालिका भित्र रहेका युवा शक्तिको परिचालन तथा ब्यबसायिक सिप दक्षता कार्यक्रम समाबेस हुने गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभएको छ ।