• २१ माघ २०७९, शनिबार

नुवाकोट उद्योग वणिज्य संघले उद्योग तथा ब्यापारको क्षेत्र लकडाउनका कारण प्रभासिबत भएको भन्दै सम्बन्धित स्थानिय तहले त्यसलाई सम्बोधन गर्न माग

तस्बिर:नुवाकोट उद्योग बाणिज्य संघका दित्तिय उपाध्यक्ष सन्तोष उप्रेती

जिल्ला भित्र लगाएको निषेधाज्ञा हटेपनी सार्बजानिक यातायात सञ्चालन नँहुदा ब्यापारिहरु भने मारमा परिरहेका छन् ।
नुवाकोट उद्योग बाणिज्य संघले केहि समय अगाडी बिज्ञप्ति जारी गर्दै सबै पसलहरु सञ्चालन गर्ने बाताबरण सिर्जना गर्न आग्रह गरेको थियो । कोरोना भाईरसका कारण ५ महिना सम्म बजार क्षेत्र ठप्प हुँदा मुलुकभरनै अर्थतन्त्र धारासायी भएको भन्दै उद्योग बाणिज्य संघले सतर्कता अपनाएर ब्यबसाय सञ्चालन गर्ने बाताबरण सिर्जना गर्न माग गरेको थियो ।
राज्यले समेत ब्यबसायिहरुलाई संक्रमणकालीन अबस्थामा सम्बोधन नगरेको बताउदै नुवाकोट उद्योग बाणिज्य संघका दित्तिय उपाध्यक्ष सन्तोष उप्रेतीले निजि क्षेत्र धारासायि हुँदा समग्र मुलुकै अर्थतन्त्रमा प्रभाब पारेको बताउनु भयो ।
उहाँले नुवाकोटमा भर्खरै सञ्चालनमा आएका उधोग तथा ब्यापारको क्षेत्र लकडाउनका कारण प्रभासिबत भएको भन्दै सम्बन्धित स्थानिय तहले त्यसलाई सम्बोधन गर्न माग गर्नु भएको छ । ब्यबसायिहरुको लागी स-साना प्याकेज ल्याए पनी ब्यबसायिहरुले राहत महसुस गर्ने भन्दै तिनै तहको सरकारले यसलाई सम्बोधन गर्नु पर्ने बताउनु भयो ।
कोरोना भाईरसको संक्रमण न्युन रहेका सबै स्थानमा सुरक्षा सतर्कता अपनाउदै सबै उधोग धन्दा सञ्चालन गर्न पाउनु पर्ने माग गर्नु भयो । लामो समय सम्म भएको लकडाउनले ब्यसायिहरुको उठिबास लागेको भन्दै राज्यले बैङक बित्तिय संस्थाको ऋणको ब्याज र किस्ता तिर्ने समय, कर छुट लगायतको बिषयमा सम्बोधन गर्नुपर्ने बताउनु्भएको छ ।





प्रतिक्रिया दिनुहोस्