नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति नुवाकोटले स्थानियतहमा बिद्यार्थी संयोजकहरु चयन गरेको छ । सोमबार नुवाकोटको २ नगरपालिका र १० गाउपालिका गरि १२ वटै स्थानिय तहमा संयोजक चयन गरिएको हो । संघको नयाँ अधिवेशन नहुदाँ सम्मको लागि नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति नुवाकोटले किस्पाङ गाउँपालिकामा सरोज लामा सहित विदुर नगरपालिकामा निरज चित्रकार, बेलकोटगढी नगरपालिकामा कृष्ण पुडासैनीलाई चयन गरी जिम्मेवारी दिएको छ ।
यसैगरी, शिवपुरी गाउँपालिकामा अभियान आर्चाय, तारकेश्वर गाउँपालिकामा दिपेश ढकाल, तादी गाउँपालिकामा आकृती खनाल, सुर्यगढी गाउँपालिकामा सुदिप अधिकारी, लिखुँ गाउँपालिकामा सुदिप पाण्डे, दुप्चेश्वर गाउँपालिकामा सरोजजगं थापा, ककनी गाउँपालिकामा बिजय ढुगांना, म्यागङ गाउँपालिकामा कामन तामाङ लामा र पञ्चकन्या गाउँपालिकामा बिनय खतिवडालाई बिद्यार्थी संयोजक चयन गरि गरिएको छ ।
मनोनयन गरिएका बिद्यार्थी संयोजकहरुले बिद्यार्थीको हक अधिकार र स्वतन्त्रताको लागि बुलन्द आवाजका साथ अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्लामा स्थानिय तह गठन भएको लामो समय भइसक्दा समेत कार्यसमिति विस्तार नहुँदा स्थानिय तहमा पार्टीको गतिविधि शुन्य रहेको थियो । तर अब जिल्लाको सबै स्थानिय तहमा नेविसंघले नेतृत्व पाएसँगै पार्टी र यसप्रति आस्था राख्नेहरुको आवाज बुलन्द हुने कांग्रेस निकट विद्यार्थीहरु बताउँछन् ।