सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा सरसफाइ सामाग्री दिइएको छ । प्रभावित परिवारलाई रेडक्रस सोसाइटी बागमती प्रदेश महासचिव रामजी पौडेल कोषाध्यक्ष भरत बस्नेत सिन्धुपाल्चोक सभापति राजेन्द्रमान ताल्चाभडेल नेरेसो केन्द्रिय सन्चार बिभाग निर्देशक दिब्यराज पौडेल संचार अधिकृत कृष्ण नेपाल कार्यक्रम अधिकृत राजकुमार लम्साल लगायतको उपस्थितमा उक्त राहत सामाग्री बितरण गरिएको थियो । यस अघि प्रभावित परिवार लाई खाद्यान्न सामाग्री बितरण गरेको थियो ।
गत साउन ३० गते गएको भीषण पहिरोबाट प्रभावित १५६ परिवारलाई नेपाल सरकार तथा नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सस्थाहरुले अस्थायी पुनर्स्थापनाको व्यवस्था समेत गरेका छन् ।