• २३ कार्तिक २०८३, आईतवार

कुल संक्रमितमध्ये ८ हजार ८८ जना होम आइसोलेसनमा

देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार १७ हजार ३ सय ८३ जना संक्रिय संक्रमितमध्ये ८ हजार ८८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार १ सय ९७ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश २ मा १ हजार ७७, प्रदेश १ मा १ हजार १ सय १ सय ९०, प्रदेश ५मा ९ हजार ३७, सुदूरपश्चिम प्रदेशमा ३१४, गण्डकी प्रदेशमा १८७ र कर्णाली प्रदेशमा १८६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।