• ३ बैशाख २०८३, बिहीबार

नुवाकोटमा ३ जना कोरोना संक्रमीत थपिए

नुवाकोटमा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । २ जना बिदुर नगरपालिकाका छन् भने अर्का १ ब्यक्ति किस्पाङ गाउँपालिकाका रहेका छन् ।स्वास्थ कार्यलयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार विदुर नगरपालिका वडा नम्बर १३ का २७ र ३० तथा किस्पाङ गाउँपालिकाका २३ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो सगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय १९ पुगेको छ ।

त्येस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको बताएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ७१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १७ हजार ३ सय ८३ छन् भने ७हजार ७ सय ३६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्