• २२ भाद्र २०८१, शनिबार

न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरैजसो स्थानमा वर्षा;सुरक्षित रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरैजसो स्थानमा वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सचेतता अपनाउन आग्रह गरेको छ । मनसुनी न्युनचापीय रेखाको प्रभावले देशको अधिकांश भू–भागमा वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनु भयो ।
मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ भए पनि यस वर्ष ढिलो गरी मनसुन बाहिरिने मौसमविद्को भनाइ छ । हाल देशभर सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्