• २२ मंसिर २०८१, शनिबार

प्रजिय ढकालको सक्रियतामा बजार क्षेत्र सरसफाइ

तस्बिर; प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल सरसफाइ गर्नुहुदै

छैटौँ संविधान दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले बजार क्षेत्र सरसफाई गरेर छ । संविधान दिवसको अबसरमा देशको विभिन्न ठाउमा विभिन्न कार्यक्रम गरि मनाइरहदाँ नुवाकोटमा भने बजार क्षेत्रको सडक सफाइ गरि मनाइएको छ ।

बजार क्षेत्रको सडक सरसफाईमा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल स्वयम उपस्थित भएका थिए । बजार क्षेत्र सधै सफा राख्नु पर्छ भन्ने सन्देशको साथमा बट्टार देखि विदुर सम्म सरफाई गरिएको हो ।

कोरोना महामारीमा सभा सम्मेलनको कार्यक्रम भन्दा आफ्नो वरपरको वातावरण पनि स्वच्छ रहने भन्दै सरसफाईको आयोजना गरिएको प्रजिअ ढकालले बताए । साथै प्रजिअ ढकालले सडक आसपासका घर तथा पसल संचालकलाई आफ्नो वरपर आफैले सफा गर्न र फोहोर नगर्न सुझाव दिएका छ ।





प्रतिक्रिया दिनुहोस्