• २९ जेष्ठ २०८३, शुक्रबार

नुवाकोटका सार्वजनिक यातायातले स्यानिटाइजर तथा दूरी कायम नगर्दा झन कोरोना जोखिम बड्यो

कोरोना भाइरसको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । सार्वजनिक यातायातका साधनमा स्यानिटाइजर नराख्दा तथा दूरी कायम नगर्दा झन जोखिम बढेको छ । सवारी साधनमा भाडामात्र बढी रहेको छ ।

यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । अनुगमन समेत नहुँदा यातायात व्यवसायीको मनोमानी भैइरहेको छ ।

सार्वजनिक यातायातले स्वास्थ्य सुरक्षा पालना गरेर क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्ने र पहिलेको भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउने नियममा भएपनी बढाएर सके जति लिने गरेको पाइएको छ । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको नेतृत्वले कहिलेकाहीँ अनुगमन गरेपनि के कति कारबाही वा जरिवाना गर्ने भन्ने निश्चित छैन ।





प्रतिक्रिया दिनुहोस्