• २ फाल्गुन २०८१, शुक्रबार

मंगलबार रातिदेखि देशका अधिकांश भागमा लगातार बर्षा : बाढी पहिरोको जोखिम बढेकाले सुरक्षीत रहन आग्रह

मंगलबार रातिदेखि देशका अधिकांश भागमा लगातार पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि नै देशभर अधिकांश ठाउँमा पानी परेको हो। 
महाशाखाका मौसमविदका अनुसार भारतको छत्तिसगढको उत्तरी क्षेमा रहेको न्यून चापीय क्षेत्र अहिले पश्चिम–उत्तरपश्चिमतर्फ सरिरहेकाले मौसम बदली भएर पानी परेको हो। 

मौसमविद शान्ति कँडेलका अनुसार बुधबार दिनभरसमेत देशभरका अधिकांश ठाउँमा मौसम बदली भइ पानी पर्नेछ। न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरकै मौसम बदली भएको छ’, मौसमविद कँडेलले भनिन्, ‘बुधबार दिनभर अधिकांश स्थानमाा पानी पर्ने सम्भावना छ।’ आज दिउँसो देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ। केहीकेही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १, २, ५ का केही स्थान र बागमतीसँगै गण्डकी प्रदेशमासमेत ठूलो पानी पर्ने सम्भावना रहेको छ। बुधबार रातिसमेत भारी वर्ष हुने सम्भावना रहेको छ। 

लगातार वर्षा भएपछि देशका विभिन्न ठाउँमा बाढीको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  गएराति लमजुङको बेशिसहर, खुदीबजार लगायत आसपासका स्थानमा अति ठूलो वर्षा मापन भएको थियो ।  थप वर्षा हुने देखिएकोले आसपासका  साना नदीमा आकस्मिक बाढी आउनसक्ने, कमजोर, भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै जोखिम बस्ती र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्