• २५ भाद्र २०८१, मंगलवार

लगातारको बर्षाले बाढी र पहिरोको उच्च जोखिम बढेकोले सुरक्षित रहन आग्रह

लगातार परिरहेको बर्षाका कारण नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, रूकुम भएर बग्ने साना देखि ठुला नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

बुधबारदेखि परेको लगातारकाे वर्षाका कारण नारायणी, तिनाउलगायतका नदीमा जल-सतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज सबै प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनुका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





प्रतिक्रिया दिनुहोस्