• २२ भाद्र २०८१, शनिबार

ककनी गाउँपालिकाले विद्यालय शिक्षा सरोकारवालासँग छलफल ; स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय संचालन गर्ने

ककनी गाउँपालिकाले विद्यालय शिक्षा सरोकारवालासँग छलफल गरेको छ । बुधबार र बिहिबार बसेको गाउँ शिक्षा समितिको वैठकले विद्यालयलाइ सिकाइ केन्द्र बनाइ अविलम्ब वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण कार्य अगाडि बढाउने भएको छ । सिकाइ केन्द्रमा सबै भन्दा पहिला विद्यार्थीलाई सुरक्षा मापदण्ड अपनाउनुपर्ने सजगता एवं सुरक्षीत रहने तरिका सम्बन्धमा सचेत गराउने बारेमा छलफल भएको गाँउपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभएको छ । त्यस्तै गाउँपालिकाको तर्फबाट प्रत्येक विद्यार्थीहरुका लागि धोएर पुन प्रयोग गर्न मिल्ने दुई पिस मास्क र साबुनको ब्यबस्था गरिने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यसैगरी हाललाई अभिभावक वा विद्यालयबाट नै विद्यार्थीको लागि मास्कको अनिवार्य प्रवन्ध गर्ने, स्वास्थ्य सुरक्षा मापदण्डलाई पुर्ण रुपमा पालना गर्ने गराउने, हरेक सिकाइ केन्द्रमा विद्यार्थी तथा शिक्षकलाई साबुन पानीले हात धुने प्रबन्ध मिलाउने, सिकाइ केन्द्रलाई सिफ्टमा बिभाजन गर्ने , एक सिफ्टमा भौतिक अवस्था हेरेर १ सय जना भन्दा बढी नहुने गरि विद्यार्थी जम्मा गराई ३ घन्टाको समय मिलाउने ,भौतिक दुरि कायम गरी अध्ययन अध्यापन स्थल अपुग भएमा १ सय भन्दा कम विद्यार्थी भए पनि सिफ्ट प्रणाली गर्ने गराउने । त्यस्तै एक बेञ्च र अर्को बेञ्च ( एक विद्यार्थी र अर्को विद्यार्थी ) को दुरि कम्तिमा २ मिटर हुने गरि सिकाइ केन्द्रलाई संचालनमा ल्याउने शिक्षा शाखाका प्रमुख केशव ज्ञवालीले बताउनुभएको छ ।

त्येस्तै संघिय सरकारबाट जारी भएको समायोजित पाठ्यक्रमलाई सिकाइ अवधिमा सक्ने गरी शैक्षिक क्यालेन्डर निर्माण प्रकिया अगाडि बढाउँदै शाखा मार्फत समायोजित पाठ्यक्रम समेत विद्यालयलाइ उपलब्ध गराउने र यसको लागी समितिले सहजीकरणको नियमित अनुगमन समेत गर्ने ज्ञवालीले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्