काँग्रेसका नेता अर्जुन नरसिंह केसी अनसनरत डा गोविन्द केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् । डा गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै उनले उठाएको मागमा केसीले समर्थन जनाएका छन् । सो क्रममा डा केसीले आफूलाई उपचारको नाममा अपहरणको शैलीमा ट्रमा सेन्टर लगिएको भन्दै आपत्ति जनाए । उनले माग पुरा नभएसम्म अनसन नतोड्ने समेत बताए । डा केसीको स्वास्थ अवस्था बुझ्न केसीको साथमा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, चिकित्सक संघका पूर्वअध्यक्ष डा केदार नरसिसिंह केसीलगायत टिचिङ अस्पताल पुगेका थिए।
चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा १९ औं सत्याग्रहमा बसेका डा केसीलाई करिब १ हप्ताको अनशनपछि मंगलबार काठमाडौं ल्याइएको हो । बाँकेको नेपालगन्ज हुँदै मंगलबार दिउँसो काठमाडौं ल्याइपुर्याएका डा केसीलाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको थियो ।