
नुवाकाेटका युवा तथा व्यवसायी सुमन भण्डारी जिपि काेईराला अध्ययन केन्द्र नुवाकाेटकाे अध्यक्षमा मनाेनित भएका छन्। विदुर नगरपालिका-२ स्थित विदुरका सुमन भण्डारीलाई जिपि काेईराला अध्ययन केन्द्रले नुवाकाेटकाे अध्यक्षमा मनाेनित गरेकाे छ।
राष्ट्रियता र प्रजातन्त्रलाई सम्मान गर्दै प्रजातान्त्रिक बिचारलाई अगाडि बढाउने उदेश्य बाेकेकाे जिपि काेईराला अध्ययन केन्द्र स्वर्गीय गिरिजा प्रसाद काेईरालाकाे स्मृतिमा स्थापना गरिएकाे हाे। आम जनसमुदायलाई प्रजातान्त्रिक धारमा रहेर लाेकतन्त्रकाे रक्षाकाे लागि क्रियाशील राख्ने उदेश्यले स्थापना भएकाे याे संस्थाले ७७ जिल्लामा आफ्नाे शाखा बिस्तार गर्ने क्रममा नुवाकोटमा पनि मनोनित गरेको हो ।
मनाेनित भएका अध्यक्ष सुमन भण्डारीले आफुलाई यस जिपि काेईराला अध्ययन केन्द्रकाे जिम्मेवारी दिएकाेमा नुवाकाेटका अग्रज नेताहलाई धन्यावाद दिदै जिपि कोईराला फाउन्डेसन मार्फत राष्ट्रियता प्रजातन्त्र र समाजबादलाई स्थानिय स्तरवाटै समाज परिवर्तन गर्ने अभियान लाई जिल्लाभरि प्रचार प्रसार गर्न आफू सधै तल्लिन रहने बताउनु भयाे। उहाले जिल्लाका सम्पुण युवा ब्यवसायि र अग्रज राजनितिग्य्लाइ सम्मान गर्दै सस्थालाइ आगाडि बढाउने वताउनुभयो । भण्डारि नुवाकोट उध्योग बाणिज्य सघको सदस्य समेत हुनुहुन्छ ।