• १ फाल्गुन २०८२, शुक्रबार

तादी गाउँपालिकाका अध्यक्ष पाण्डेद्वारा ७ औँ पटक रक्तदान

तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे रक्तदान गर्नुहुदै

नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले ७ औँ पटक रक्तदान गरेका छन् । उनले रक्तदान-जिवनदान रगतको लागि हामी रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौं , हाम्रो एकथोपा रगतले कसैको ज्यान जानबाट बाच्न सक्छ भने किन रक्तदान नगर्ने भन्ने धारणालाई मान्यता दिदै रक्तदान गर्नुभएको हो ।

कोरोना भाइरस सङ्क्रमणको समयमा विभिन्न किसिमका विरामीहरुलाई रगत अभाव रहेको सन्दर्भमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । अध्यक्ष पाण्डेद्वारा रक्तदान गर्नुहुदै रगतको अभाव हुन नदिन यस्ता कायक्रमहरु बेलाबेला हुनुपर्ने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्