त्रि वि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीको आन्दोलन प्रति सहमति जनाउदै नुवाकोटको विदुरमा प्रदर्शन भएको छ । सदरमुकामको लोकतान्त्रिक चौतारावाट शुरु भएको युवाहरुको शान्तिपुर्ण प्रदर्शनी र्याली सहित विदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा वोल्दै आयोजक युवा अभियान ,नुवाकोटको तर्फवाट कार्यक्रम संयोजक शंकर पाण्डेले सत्याग्रही डा गोविन्द केसीको अनसन र सत्याग्रह प्रति सरकार मुकदर्शक वनेकोले तत्काल उहाँ र नेपाल सरकार विच माग पुरा गर्ने सम्झौताको पुर्ण पालना गरि अनसनरत डा गोविन्द केसीको जिवन रक्षाको लागी सरकारलाई अनुरोध गर्नुभएको छ ।
कार्यक्रम संयोजक पाण्डेले लामो लोडसेडिङ वाट पिडित जनतालाई लोकसेडिङ हटाई हिरो सावित भएका नेपाल विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङको पुनर्वहाली गरिनु पर्ने ,तथा नेपालमा बलात्कारीलाई हुने सजाय कमजोर रहेको कारण देशमा वलात्कारको घटना वढेकोले निर्मला पन्त , सम्झना विक लगायतको हत्यारा पत्ता लगाई कानुनी कठघरमा उभ्यायर वलात्कारीलाई फाँसिको सजाय कानुनमा हुने व्यवस्था नभय सम्म यस्ता प्रकारका घटना अझ वढ्ने वताउदै तत्काल सरकारले वलात्कारीलाई कडा कानुन ल्याउनु पर्ने वताउनुभएको छ ।
कार्यक्रममा नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदी,जिपी कोइराला अध्ययन केन्द्र नुवाकोटका अध्यक्ष,सुमन भण्डारी,नेपाल बिद्यार्थी संघ बिदुर नगरपालिका संयोजक निरज चित्रकार,किस्पाङ गाउपालिका संयोजक सरोज लामा,दुप्चेश्वर गाउपालिका संयोजक सरोज थापा,त्रिभुवन त्रिशुली स्वीयु सभापति पारष अधिकारी लगायतको सहभागीता रहेको थियो ।