• २९ माघ २०८१, मंगलवार

नुवाकोटमा थप २ जना कोरोना संक्रमित ; योसँगै संक्रमितको संख्या १ सय ३१ पुग्यो

 पछिल्लो २४ घण्टामा नुवाकोटमा थप दुई जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार विदुर नगरपालिकाका ३३ र ३४ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिएका छन् । कार्यालयका अनुसार यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १ सय ३१ पुगेको छ ।
साथै १ सय १६ जना व्यक्ति भने कोरोनामुक्त भएर घर फर्किएका छन् । जसमध्ये ९० पुरुष र २६ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्