
ककनी ८ छापथोक स्थित बाला फाउन्डेसन केन्द्रीय कार्य समिती द्वारा आयोजित अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नेपालकि जेष्ठ नागरिक बाटुली लामिछानेलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य राज्य मन्त्री नमराज राउत रहनुभएको छ । त्यस्तै वीर अस्पतालमा कार्यरत डाक्टर राम थापा क्षेत्री, प्रदेश सभाका साम्सद बद्री मैनालि, ककनि गाउँपालिका अध्यक्ष मान बहादुर लामा, उपाध्यक्ष सीता खतिवडा लामा, जेष्ठ नागरिक समाज सेवाका अध्यक्ष मोहन के.सि, नेकपा पार्टी अध्यक्ष रामहरी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम को सुरुवातमा डाक्टर राम थापा क्षेत्री र उहाँका टोलिसहितले बाटुली लामिछाने को स्वास्थ परिक्षण गर्नुभएको थियो ।

११८ वर्ष पुगेको संसारकै दोस्रो जेष्ठ नागरिक बाटुली लामिछाने लाई सरकारले बेवास्ता गरेको, बाटुली लामिछाने का लागि कुनै पनि तरिकाले सहयोग नगरिएको कुरा ककनि गाउँपालिका अध्यक्ष मान बहादुर लामा बताउनुभएको छ । सरकारले विधुवा भत्ता ६० वर्ष भन्दा तलका लाई नदिने या कट्टि गरेको कुरामा पनि बिरोध जनाउनुका साथै पासाङहाल्मु राजमार्ग लाई चाडो निर्माण गर्नुपर्ने माग समेत अध्यक्ष लामाले राख्नुभएको छ ।
बाटुली लामिछानेको संरक्षण गर्नुपर्ने , र गिनिज बक्स अफ वर्ल्ड रेकर्ड मा नाम लेखाउन पहल गरिएको जेष्ठ नागरिक समाज सेवा अध्यक्ष मोहन के.सि ले बताउनुभएको छ । त्यस्तै जेष्ठ नागरिक भएको प्रमाणित हुँदासम्म पनि सरकारले आजसम्म बाटुली लामिछाने लाई एउटा प्रमाणपत्र समेत वितरण नगरेको कुरा प्रष्ट पार्नुभएको छ । उहाले जेष्ठ नागरिक समाज सेवाको तर्फबाट रु २५ हजार सहयोगका साथै प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभएको छ ।

प्रदेश सभा साम्सद बद्री मैनालिले जेष्ठ नागरिकका रुपमा चिनिएकी बाटुली लामिछाने लाई जेष्ठ नागरिकको प्रमाणपत्र वितरण गर्नको लागि सरकारसँग पहल गर्ने र बाटुली लामिछानेको घर निर्माण का लागि प्रदेश साम्सद कोष बाट रु १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा जति पनि माग भएका छन् ती सबै मागहरुको लागि सरकारसम्म पुर्याउने कुरा प्रमुख अतीथि स्वास्थ्य राज्य मन्त्री नमराज राउतले बताउनुभएको छ । कोरोना महामारिको समय भएका कारण स्वास्थ्य मन्त्रालयले गरेको मापदण्ड सबैले पालना गर्नुपर्ने, आफू र परिवार सुरक्षीत राख्नको लागि स्वयं आफै सजग रहनुपर्ने समेत बताउनुभएको छ । विशेष गरि बालबालिका, बृद्धअबश्था मा रहनुभएका र दीर्घकालीन रोगिहरुले आफू सचेत रहेर आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।


त्यस्तै बाटुली लामिछानेलाई सहयोग गर्नका लागि स्थानिय सरकारले सामुहिक संगठन तयार पारी बजेट योजना तयार गरेको खण्डमा ३ वर्षको अबधी भित्र केन्द्रीय सरकारले कुनै पनि योजनालाई नरोकी सहयोग गर्ने कुरा समेत मन्त्री राउतले बताउनुभएको छ ।