• १० बैशाख २०८२, बुधबार

नुवाकोटमा एकैदिन ९ जनामा कोरोना संक्रमित

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये विदुर नगरपालिकाका २ महिला र ५ पुरुष तथा तारकेश्वर गाउँपालिकाका एक पुरुष र एक महिला रहेका छन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार विदुर नगरपालिकाका ३० र ६५ वर्षिय महिला र २०, २४, २८,३० र ३६ वर्षका पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै तारकेश्वर गाउँपालिकाका २७ वर्षिय पुरुष र ४० वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ४१ पुगेको छ । जसमध्ये एकसय ८ पुरुष र ३३ महिला रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्