
त्रि.वि शिक्षण अस्पताल परिसरमा डा. गोविन्द केसीको जीवन रक्षा र मागमा ऐकिबद्धता जनाउदै दीप प्रज्वलन गरेको छ । जिपि कोइराला अध्ययन केन्द्रको आयोजना दीप प्रज्वलन गरेको हो ।

जिपि कोइराला अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता र सस्थाको महासचिव निरन्जन थापाको सम्योजनमा डा. गोविन्द केसीको जीवन रक्षा र मागमा ऐकिबद्धतानिम्ति कार्यक्रम गरिएको जनाइएको छ । सो कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य नबिन्द्रराज जोशी , नेपाल चिकित्सक संघका पूर्व अध्यक्षद्वय डा.केदारनरसिंह केसी ,डा.अञ्जनी कुमार झा र महासचिव डा.बद्री रिजाललगायतका चिकित्सक ,नेबिसघका नेताकार्यकर्ता ,स्बतन्त्र नागरिकहरुको सहभागीता रहेको थियो ।
