
कर्तव्य ज्यान मुद्धामा दोषी ठहरिए पश्चात फरार कैदी नुवाकोटको दुप्चेश्वर गाउपालिकाबाट पक्राउ गरिएको छ । उच्च अदालत पाटनबाट मिति २०७६।०३।२३ गते कर्तव्य ज्यान मुद्धामा दोषी ठहरिई २० बर्षको कैद तोकिएको फैसला भए पश्चात फरार रहेका नुवाकोट दुप्चेश्वर गाउपालिका ०१ बस्ने ३९ बर्षको मिङमार लामालाई पक्राउ गरेको हो ।
आफ्नो पहिचान लुकाई लुकीछिपी बसिरहेको अबस्थामा बिशेष टोलीले पक्राउ गरि अदालतको आदेश अनुसार कैद भुक्तानको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।