• ३ चैत्र २०८१, सोमबार

नुवाकोटको विभिन्न औषधी पसलहरुमा अनुगमन

बुधवार र विहिबार नुवाकोटको विभिन्न औषधी पसलहरुको अनुगमन गरेको छ । अनुगमनमा विभिन्न विकृति भेटिएको अनुगमन टोलीले जनाएको छ । औषधि व्यवस्था विभाग काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त टोलीले विदुर नगरपालिका,तादी गाउँपालिकाका र म्यागङ गाउँपालिकाका केही औषधी पसलहरुको अनुगमन गरेको थियो ।

अनुगमन टोलीले म्यागङ गाउँपालिकाका वडा नम्बर ३ मा संञ्चालित मेडिकल तथा फार्मेसीहरु अनुगमन गर्ने क्रममा वडामा सञ्‍चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित संञ्चालनमा रहेको पाईकोले उक्त मेडिकल र फार्मेसीहरु बन्द गरेको छ ।

अनुमगन टोलीले बिहिबार विदुर नगरपालिका र तादी गाउँपालिकाका बजार क्षेत्रमा रहेका औषधि पसलको अनुगमन गरेको थियो । विदुर नगरपालिका क्षेत्रभित्र अनुगमन गरिएका ९ वटा औषधि पसलमध्ये विदुर नगरपालिका २ वट्टारमा रहेको सापकोटा मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल र विदुर फार्मेसी गरी चार र विदुर नगरपालिका १ ढुंगेमा रहेको फार्मेसी एक गरी पाँचवटा औषधि पसलले विक्री वील जारी नगरी औषधी विक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम जनही २ लाख रुपैयाँ जरिवाना तोकी ७ दिन भित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको छ ।

यसैगरी तादी गाउंपालिका क्षेत्रभित्रको खरानीटार बजारमा अनुगमन गरिएका तादी गाउँपालिका ३ मा रहेका तादी फर्मा र दुप्चेश्वर फार्मेसी गरी २ वटा औषधी पसलहरुमा खरिद विल नभएको समेतको अवस्था देखिएको उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम जनही १० हजार रुपैया जरिवाना तोकी ७ दिन भित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको छ ।





प्रतिक्रिया दिनुहोस्