• ३० फाल्गुन २०८२, शनिबार

इलाका प्रहरी कार्यालय गजुरीमा प्रमुख फेरिए

हाल कार्यालयको नेतृत्व गरिरहेका विश्वराज खड्काको कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई तानेको हो । उनको ठाउँमा सशस्त्र प्रहरी गण नम्बर १ का डीएसपी युवराज खड्कालाई पठाइएको छ । गजुरीका खड्कालाई गणमा पठाइएको छ । धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई उनले सहयोग गरेको आरोप छ । भण्डारी जनप्रतिनिधिलाई धम्क्याएको अभियोगमा हालै समातिएका छन् ।

यसैबीच प्रहरी प्रधान कार्यालयले मानव अधिकारी शाखाका एसपी कृष्णहरि शर्मालाई प्रहरी पहरा गण, सामाखुशीमा सरुवा गरेको छ । त्यहाँका एसपी सुरेन्द्र मैनाली संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाने भएका छन् प्रहरी निरीक्षक अनमोल खड्काको पनि इलाका प्रहरी कार्यालय, रंगेलीमा काज सरुवा भएको छ ।





प्रतिक्रिया दिनुहोस्