• २९ जेष्ठ २०८३, शुक्रबार

नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट ननिकाल्ने

 नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट साट्न नसकिने बताएको छ। बैंकले आज एक सूचना जारी गर्दै दसैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने बताएको हो।

बैंकले भनेको छ, “नगद सटहीका क्रममा हुने भीडभाडबाट संक्रमण फैलनसक्ने सम्भावना उच्च रहेकाले यो वर्ष नयाँ नोट सटही गरिँदैन।” यस्तै, राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमासमेत संक्रमण निकै फैलिएकाले नयाँ नोट साट्नु जोखिमपूर्ण हुने बताइएको छ।





प्रतिक्रिया दिनुहोस्