पछिल्लो २४ घण्टामा जिल्लाका २३ पुरुष र ३ महिला गरि २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको मैथली ब्यारेकमा रहेका १४ जना सैनीकहरु, किस्पाङ गाउँपालिकामा ४ जना, सलखु गाउँपालिकामा १ जना, बेलकोटगढी र विदुर नगरपालिकामा ४/४ जनामा कोरोना संक्रमण देखिएको हो । आज २६ जनामा कोरोना संकमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय १४ पुगेको हो ।
संक्रमितमध्ये एकसय २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यसैविच स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले कोरोना भाइरसका संक्रमित जिल्लामा दिनानुदिन बढेको भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका हु्न् ।