• ३० माघ २०८२, बिहीबार

हरिजङ्ग पाण्डे र गङगा ठकुरिको दोहोरी गित हिमाल पारी भोटको सुटिङ सम्पन्न

हरिजङ्ग पाण्डे र गङगा ठकुरिको दोहोरी गित हिमाल पारी भोटको सुटिङ सम्पन्न भएको छ । सुशील सिंह ठकुरिको निर्देशन रहेको यस गितमा स्वर सङम थापा, हरिजङ्ग पाण्डे र गङगा ठकुरिको रहेको छ । यसैगरी शब्द सङगम थापा, लय हरिजङ पाण्डे र सङम थापाको रहेको छ । टिकटमा समेत भाइरल भईरहेको यस  गितको मोडलिङ नवयुवा कलाकार समीर खड्का र रुपा मगरको रहेको छ । 

नुवाकोटको बिभिन्न रमणिय स्थलहरु गङगटे, सिल्ट्याङ्की, नुवाकोट दरबार परिसर लगाएत विभिन्न ठाउँमा छायांकन गरिएको यस गितमा रबि कार्कि र लक्ष्मी राना मगरको विशेष भुमिका सहित अनिल ढकाल, सनम मैनाली, उपेन्द्र मिश्र रामहरि गजुरेल र श्रीकृष्ण आचार्यको अतुलनिय सहयोग रहेको गायक पाण्डेले जानकारी दिनुभएको छ । गायक पाण्डेको यस अघिपनि बिभिन्न चर्चित लोकदोहरी गितहरु बजारमा आईसकेको छ । 
 साथै सो अबधी भरी कलाकारहरुलाइ खाना बस्नको व्यवस्था संगम होटलका प्रोपाइटर संघम मैनालिले गर्नु भएको थियो ।





प्रतिक्रिया दिनुहोस्